१५ बैशाख २०८१, शनिबार
Follow Us

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८०, आईतवार १४:०५

सिड्नी । इंग्ल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् ।

स्पेन र इंग्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । प्रतियोगितामा ३२ वटा टिमको सहभागी थिए । स्वीडेनलाई पराजित गर्दै स्पेन र आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । शनिबार तेस्रो स्थानमा लागि भएको खेलमा स्वीडेन विजयी भएको थियो ।

स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १-१ पटक विश्वकप जितेका छन् ।