१५ बैशाख २०८१, शनिबार
Follow Us

चेल्सीविरुद्ध वेस्ट ह्यामको सहज जित

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८०, सोमबार ०५:३५

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दश खेलाडीमा समेटिएको वेस्ट ह्यामले चेल्सीलाई पराजित गरेको छ । दुई लन्डन क्लब बीचको खेलमा वेस्ट ह्याम युनाइटेडले चेल्सीविरुद्ध ३–१ को सहज जित हात पारेको हो ।

घरेलु मैदान ओलम्पिक रंगशालामा ह्यामलाई जिताउन नाएफ अगुएर्ड, मिकाएल एन्टोनियो र लुकास पाक्वेटाले १–१ गोल गरे । चेल्सीका कार्ने चुक्वुएमेकाले एक गोल फर्काए पनि नतिजा बदल्न प्रर्याप्त भएन ।

खेलको सातौं मिनेटमा नै घरेलु टोलीले अगुएर्डको गोलमा अग्रता लिएको थियो । अगुएर्डले जेम्स वार्ड प्राउजको कर्नरमा हेडरमार्फत गोल गरेका थिए । २८ औं मिनेटमा चेल्सीका लागि चुक्वुएमकाले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ड्रिबल सहित ह्यामको डिफेन्डरलाई बिट गर्दै गोल गरे । ४३ औं मिनेटमा चेल्सीले पेनाल्टीबाट अग्रता लिने अवसर पायो । पेनाल्टी क्षेत्र भित्र रहिम स्टर्लिङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एन्जो फर्नान्डेजको पेनाल्टीले गोलरक्षक आरिओलाले विफल पार्दै पार्दा चेल्सी अग्रता बनाउनबा चुक्यो । ५३ औं मिनेटमा जेम्स वार्ड प्राउजले दिएको पासमा एन्टोनियोले गोलमा गर्दा वेस्ट ह्यामले पुनः खेलमा अग्रता बनायो ।

६७ औं मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा सिमित भयो । निकोलस ज्याकसनमाथि फल गरेपछि रेफ्रीले अगुएर्डलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए । खेलको अन्तिम समयमा चेल्सीका लागि डेब्यु गरिरहेका मोजेस काइसेडोले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि वेस्ट ह्यामले पेनाल्टीको अवसर पायो । पाक्वेटाले उक्त अवसरलाई गोलमा परिणत गर्दै वेस्ट ह्यामलाई ३–१ को जित दिलाए ।

जितसँगै २ खेलबाट चार अंक जोडेको वेस्ट ह्याम तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा १ अंक मात्र जोडेको चेल्सी १५ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गतनै गएराति सम्पन्न अर्को खेलमा एस्टोन भिल्लाले एभर्टनविरुद्ध ४–० को फराकिलो जित दर्ता गरेको छ ।