लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यकारी अध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्व सर्वसम्मतबाट चयन हुने दावी गरेका छन् ।
केसीले अमेरिकास्थित समाज टाइम्स अनलाइनलाई आइतवार दिएको एक अन्तरवार्तामा संघको अक्टोवर तेस्रो साता हुने निर्वाचनमा अध्यक्ष पद सहमति चयन हुने बताए ।
उनले भने ‘अहिले अध्यक्ष पदमा डा. हेम राज शर्मा, रविना थापा, महेश श्रेष्ठ, आरके शर्मा र मेरो दावी छ तर हामी ५ जना मध्ये एक जनामा सहमति हुने सम्भवना धेरैछ’ ।
डा. केसीले संघको वर्तमान कार्यसमिति विवाद व्यवस्थापन समिति रहेको बताउँदै संघको १० औं महाधिवेसनमा आफु निर्वाचित अध्यक्ष हुने चाहना राखे पनि निर्वाचन हुन नसके पछि त्यो चाहना पुरा गर्न पुनः अध्यक्ष पदमा उम्मेदवार हुन चाहेको बताए ।