२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए निर्वाचन : महेश श्रेष्ठको टिमको महासचिवमा गंगाधर गौतम

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८०, सोमबार १९:१७


‘सुबेदीको टिकट खोसियो’

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर महिनामा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठको समूहले महासचिव पदमा उम्मेदवार टुंग्गो लगाएको छ ।
संघका अध्यक्ष कुल आचार्यको उपस्थितिमा आइतवार राति लण्डनमा भएको एक वैठकले संघका वर्तमान सचिव गंगाधार गौतमलाई सो समूहबाट महासचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि सो समूहबाट महासचिव पदमा चर्चामा रहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदीलाई सो समूहले दुई विकल्प रोज्न भनेको छ । स्रोतका अनुसार उनलाई कोषाध्यक्ष वा उपमहासचिवको उम्मेदवार बन्न सुझाव दिइएको छ ।

अध्यक्षका आकांक्षी श्रेष्ठ समेतको उपस्थितमा भएको बैठकले उपाध्यक्षमा डा. केशव पौडेल, राज रेग्मी र नारायण आचार्यको नाम अनुमोदन गरेको छ ।
गैरआवासीय नेपाली संघका सचिव गंगाधार गौतमले संघको बृहत्तर हितको लागि सबै पक्षलाई समेटर लैजाने गरि टिम निमार्ण भैरहेको जनाए ।

‘संस्थामा धेरै पदहरु छन् पदको लागि आकांक्षी सबैलाई समेटेर लैजान सकिन्छ । हामी छलफलकै क्रममा छौं ।’