२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए केन्द्रीय प्रतिनिधिको लागि ७ हजार २ सय जनाको दावी

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८०, सोमबार २१:०१

लण्डन । ११ औं गैरआवासीय नेपाली संघको महाधिवेसनको लागि प्रतिनिधि हुनको लागि ७ हजार २ सय जनाले आवेदन दिएका छन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माका अनुसार तोकिएको समय सिमा अगष्ट २० भित्र संघका ५९ राष्ट्रिय समितिका प्रतिनिधिहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फत केन्द्रीय प्रतिनिधि बन्न आवेदन दिएका हुन् ।

सो महाधिवेशनमा करिब ४ हजार २ सय जनाले भाग लिन पाउने गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघले ती आवेदन माथि छानविन गर्नको लागि सम्बन्धी देशमा प्रतिनिधिको नाम पठाएको छ । गैरआवासीय नेपाली संघको विधान अनुसार पहिलो चरणमा संघका पूर्वपदाधिकारीहरु रहेका ९० प्रतिशत प्रतिनिधिहरु चयन हुने भएका छन् ।

पहिलो चरणमा आवेदन दिएका प्रतिनिधिहरु र संघका राष्ट्रिय समितिले छनोट गर्ने १० प्रतिशत प्रतिनिधिको नामावली एकै पटक अगष्ट ३१ तारिख नेपालको समय ४ बजे भित्र संघको केन्द्रीय सचिवालयमा पठाउन एनसीसीलाई अनुरोध गरिएको छ ।

संघको ६४ पदको लागि आगामी अक्टोवर महिनामा हुने निर्वाचनमा ती प्रतिनिधिहरुले उम्मेदवार बन्न र मदतान गर्न पाउने छन् । अध्यक्ष पदको लागि डा. बद्री केसी, डा. हेम राज शर्मा, रविना थापा, महेश श्रेष्ठ र आरके शर्मा चुनावी मैदानमा छन् ।