२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूरोप उपसंयोजकमा शैलेन्द्र अधिकारीको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०८०, मंगलवार २३:१५

लण्डन । गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय उपसंयोजकमा शैलेन्द्र अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ – २० अक्टोबर, २०२३) सम्म काठमाडौँमा आयोजना हुदैछ ।

उनी डेनमार्क राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निवर्तमान अध्यक्ष हुन् । उनले यूरोप क्षेत्रका एनसिसिहरुसंग समन्वय तथा सहकार्य गर्न गरेर अघि बढ्ने बताएका छन् । अधिकारीले अगामी दिनमा आफ्नो प्रतिबद्धतापत्र सहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताए ।