२७ बैशाख २०८१, बिहीबार
Follow Us

५० अर्ब लगानीभित्राउने प्रतिबद्धता सहित अधिकारीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८०, बिहीबार १५:३६

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।

बिहीबार एक कार्यक्रम गरी उनले उम्मेदवारी घोषणा गरेका हुन्।

अधिकारीले संस्थाको छवि सुधार गर्नका लागि नेतृत्वमा आफ्नो दाबी रहेको बताए। संस्था सुधार र गैरआवासीय नैपालीको साझा संस्था बनाउन भन्दै उनले २७ बुँदे एजेन्डा पनि सार्वजनिक गरेका छन्।

अधिकारीले नेपालमा लगानी भित्र्याउनका लागि ५० अर्बको एनआरएनए कोष बनाउने घोषणा समेत गरे।

‘अब विश्वभरका नेपालीले एकपटक नेपालमा लगानी भित्र्याउनुपर्ने भएको छ,’ उनले भने।

उनले नेपालमा देखिएको भूराजनीतिक अवस्था, आर्थिक र व्यवसायी क्षेत्रमा देखिएको समस्या समाधान नै पहिलो सर्त भएको उनले बताए।

नेपाली नागरिकता, पैत्रिक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसलाअनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकार, पेन्सनको विषयलाई समेत प्रमुख एजेन्डा बनाएको उनले बताए।

परियोजना सञ्चालन गर्दा आवश्यकताको आधारमा साझेदारी र रणनीतिक योजनाले निर्दिष्ट गरेको कार्यलाई अगाडि लानुपर्नेमा उनको जोड छ।

गैरआवासीय नेपाली संघको निर्वाचन प्रणालीलाई समयसापेक्ष सुधार गरी निरन्तर प्रक्रियामा लैजाने समेत उनले बताए।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ देखि २० सम्म हुँदैछ।