३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनए युरोप उपसंयोजकमा विनोद चौलागाईको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८०, बिहीबार २२:३४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजकमा विनोद चौंलागाइँले उम्मेदवारी दिने भएका छन् ।

उनले संघको आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा सो पदमा लागि उम्मेदवारी दिन लागेका हुन्।

एनआरएनए अस्ट्रियाको पुर्व अध्यक्ष चौलागाईले कुनै पनि पदका लागि नेपाल सरकार र पार्टीका नेताहरुलाई गुहार्नु पर्ने परम्पराविरुद्ध आफूले उम्मेदवारी दिएको बताए ।

‘६ बर्ष इजरायल बसेँ, अस्ट्रिया बसेको १२ बर्ष भयो । इजरायलदेखि नै यस संस्थामा आबद्ध थिएँ, र आज सम्म छु ।
सदस्यदेखि अध्यक्ष हुँदै संरक्षकसम्मको जिम्मेवारी पुरा गरेको कारण उपसंयोजकमा उम्मेदवारी दिन लागेको छ।’, उनले भने ।

उनले लामो समय देखि संघका बिभिन्न तहमा काम गरेको अनुभवको आधार कामको मुल्यांकन गरेर सहयोग गर्न संघका महाधिवेसन प्रतिनिधिहरुलाई आब्हान गरेका छन् ।

धेरै पढिएको