२७ बैशाख २०८१, बिहीबार
Follow Us

डा. बद्री केसीको नाममा पनि सर्वसम्मत हुन् सक्छ : डा. केशव पौडेल, महासचिव एनआरएनए

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०८०, शुक्रबार ०२:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. केशव पौडेलले आफु अध्यक्षको रेसबाट बाहिर नरहेको बताएका छन् ।

पौडेलले विहिवार अमेरिकास्थित समाजटाइम्स अनलाइनलाई दिएको अन्तरवार्तामा अध्यक्षमा आफ्नो दाबेदारी कायमै रहेको बताएका छन् ।

‘उम्मेदवारी दर्ताको दिनसम्म अध्यक्ष पदमा उम्मेदार बन्ने सम्भावना रहिराख्छ । म मैदानबाट हटेको छैन् ‘पौडेलले भने ।
उनले नयाँ नेतृत्वको लागि सहमतिको सम्भवना हुँदा वर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसीको पक्षमा सर्वसम्मत पनि हुन सक्ने बताए । उनले भने ‘अहिले अध्यक्ष पदमा महेश श्रेष्ठलाई अघि बढाउने निर्णय भएको छ । अन्तिम दिन सम्म सम्भवनाका खेलहरु रहन्छन् ।’

यसअघि गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले लण्डनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाभित्र सर्वसम्मतमा नेतृत्व चयन गर्न सबै ढोका खुल्ला राखेर अघि बढ्न आग्रह गरेका थिए ।

एनआरएनका महासचिव रहेका पौडेलले विगतमा को कहाँ थियो भनेर हेर्ने भन्दा पनि अहिले एजेन्डा मिल्नेहरू एक ठाउँमा हुने बताए । डा पौडेलले अहिले एनआरएनए अभियानमै प्रश्न उठेको भन्दै संस्था सहमतिमा अघि बढ्छ भने आफू एक कदम पछि हटेर आफैबाट शुरूवात गर्न चाहेको बताए ।