२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए यूरोप संयोजकमा डा. चिरन्जीबी खड्काको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८०, सोमबार ०७:२९

लण्डन । गैरआवासीय नेपाली संघको यूरोप संयोजक पदमा डा. चिरन्जीबी खड्काले उम्मेदवारी दिने भएका छन् ।
गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) रहेका खड्काले अक्टोवर तेस्रो साता हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले सोमवार एक विज्ञप्ति जारी गर्दै आईसीसी सदस्यहरूलाई प्रभावकारी रूपमा अभियानसंग जोड्ने, क्षेत्रीय परिषदलाई संरचनागत रूपमा ब्यवस्थित गर्ने, राष्ट्रीय समन्वय परिषदहरूलाई अधिकतम अधिकार सम्पन्न गराउदै केन्द्र प्रति उत्तरदायि बनाउने, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत ब्यवस्थापन गर्ने, राष्ट्रीय समन्वय परिषदहरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई थप ब्यवस्थित गर्ने, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई कामगर्ने, सचिवालय बैठक देखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप ब्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने, पर्यटन र नेपाली उत्पादनको प्रबर्धनलाई राष्ट्रीय समन्वय परिषदहरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

डा. खड्काको अपिल जस्ताको तस्तै

सम्पूर्ण गैरआवाशिय नेपाली अभियन्ताज्यू तथा मित्रहरू, नमस्कार।

गैरआवाशिय नेपाली अभियानको शुरूआति काल देखिनै म सक्रिय रहदै आएको छु। यस अभियानमा म एनसीसी चेक रिपब्लिकको दुई पटक अध्यक्ष र आईसीसी सदस्य भएर काम गरीसकेको छु।

आईसीसी मिडिया तथा प्रकाशन समिति को सदस्य सचिव, क्षेत्रीय सम्मेलन आयोजक स्टेरिङ कमिटिको सदस्य सचिव र विँभिन्न कार्यदलको सदस्य भई धेरै अनुभव समेत बटुलेको छु। म पेशाले वैज्ञानिक पदमा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक रिपब्लिक तथा राष्ट्रिय अन्तराष्ट्रिय निकायमा कन्सलटेन्ट रुपमा कार्य गरिरहेको छु ।

गैरआवाशिय नेपाली संघ जस्तो संस्थाको संरचनागत र संस्थागत विकासका बिषयहरूमा समेत मैले धेरै अनुभव हासिल गरेको छु। यो संस्थालाई कसरी आत्मनिर्भर, प्रभावकारी, ब्यबहारीक र अझ बृहद बनाउन सकिन्छ भन्ने स्पष्ट मार्ग चित्र सहित म आगामी कार्यकाल २३-२५ को लागी यूरोप क्षेत्रीय संयोजक पदमा रहेर कामगर्ने दृढ प्रतिबद्धता सहित आकांक्षीको रूपमा प्रस्तुत भएकोछु। तपाईहरूको साथ र सहयोगको लागी म विनम्र अनुरोध गर्दछु।

खास गरी आईसीसी सदस्यहरूलाई प्रभावकारी रूपमा अभियान संग जोड्ने, क्षेत्रीय परिषदलाई संरचनागत रूपमा ब्यवस्थित गर्ने, राष्ट्रीय समन्वय परिषदहरूलाई अधिकतम अधिकार सम्पन्न गराउदै केन्द्र प्रति उत्तरदायि बनाउने, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत ब्यवस्थापन गर्ने, राष्ट्रीय समन्वय परिषदहरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई थप ब्यवस्थित गर्ने, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई कामगर्ने, सचिवालय बैठक देखि क्षेत्रीय सम्मेलन सम्मका गतिविधिहरूलाई थप ब्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने, पर्यटन र नेपाली उत्पादनको प्रबर्धनलाई राष्ट्रीय समन्वय परिषदहरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका थुप्रै कामहरूमा म योगदान गर्न चाहान्छु र त्यसकालागी आवश्यक अनुभव समेत बटुलेको छु भन्ने विश्वास सहित आगामी कार्यकाल २३-२५ मा केन्द्रीय ज़िम्मेवारीमा रहेर काम गर्ने ईच्छा जाहेर गर्दछु।

मेरा प्रतिबद्धताहरू म पछि छुट्टै सार्वजनिक गर्नेँछु। पुनः आफ्नो अमूल्य मत, साथ र सहयोग दिनुहुने छ भन्ने विश्वास ब्यक्त गर्दँछु। हार्दिक धन्यवाद।

डा. चिरन्जिवी खड्का ,चेक रिपब्लिक
यूरोप क्षेत्रीय संयोजकपदको आकांक्षी (२३-२५)
आईसीसी सदस्य चेक रिपब्लिक (२१-२३)