२४ बैशाख २०८१, सोमबार
Follow Us

जनसम्पर्क समिति बेलायतका सबै औपाचारिक कार्यक्रम स्थगित

नेपालब्रिटेन डट कम्
६ आश्विन २०८०, शनिबार ०८:२३

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले तीन दिन सम्म कुनै पनि औपाचारिक कार्यक्रम नगर्ने भएको छ ।

समितिका सभापति युवराज युवराज गुरुङले शनिवार एक विज्ञप्ति जारी गर्दै समितिका सल्लाहाकार राष्ट्र कुमार राईको निधनमा दुःख व्यक्त गर्दै सबै कार्यक्रम रद्ध गरेको हो ।


विज्ञप्तिको पूर्ण विवरण

प्रेश विज्ञप्ति
नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्व उपाध्यक्ष राष्ट्र कुमार राईको विहीबार हृदयघातबाट निधन भएको प्रति जनसम्पर्क समिति गहिरो दुःख व्यक्त गर्दछ । लामो समय देखि उहाँले नेपाली लोकतान्त्रीक आन्दोलनमा पु–याउनु भएको योगदानको कदर गर्दै उहाँको सम्मानमा तीन दिन सम्म नेपाली जनसम्पर्क समिति तथा जनसम्पर्क समितिका क्षेत्रीय समितिहरुले बेलायतमा कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगर्ने निर्णय गरेको छ ।

दुखद घडीमा उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि भगवानसँग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।

युवराज गुरुङ
सभापति, नेपाली जनसम्पर्क समिति बेलायत
२३ सेप्टेम्बर २०२३