२४ बैशाख २०८१, सोमबार
Follow Us

पूर्ण अधिकार सहितको वंशजको नागरिकताको लागि निरन्तर पहल गर्छौं : एनआरएनए

नेपालब्रिटेन डट कम्
६ आश्विन २०८०, शनिबार ०८:३६

लण्डन । गैरआवासीय नेपाली संघले वंशजको नागरिकताको लागि निरन्तर पहल गर्ने जनाएको छ ।

संघले शुक्रवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको बताएको छ ।

गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानसहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसँगै हामीले गैर आवासीय नेपाली नागरिकता प्राप्तिको व्यवहारिक बाटो खुलेको हो ।

संघले यस कार्यलाई पुरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएका संविधानसभाका अध्यक्ष तथा पूर्व सभासद स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई स्मरण गरेको छ । संघले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपालको प्रतिनिधि सभाका सभामुख एवं माननीय सदस्यज्यूहरु, राष्ट्रिय सभाका अध्यक्ष एवं माननीय सदस्यज्यूहरु, सम्पूर्ण राजनीतिक दलका नेतृत्व वर्ग तथा नेता ज्यूहरू , विभागीय माननीय मन्त्री ज्यूहरू, एवं नेपाल सरकार का अंगहरू सबैप्रति आभार व्यक्त गरेको छ ।

विज्ञप्तिमा ‘गैरआवासीय नेपाली नागरिकता प्राप्तिको यस अभियानमा लाग्नुहुने संघका पूर्व अध्यक्षज्यूहरु एवं पूर्व कार्यसमिति तथा वर्तमान कार्यसमितिको नेतृत्व एवं सम्पूर्ण अभियन्ताहरुमा पनि आभार व्यक्त गर्दछ ।

हाल प्राप्त नागरिकताको माग नै हाम्रो अन्तिम आवश्यकताको माग नभएपनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको अधिकारका लागि हाम्रो प्रयास भने जारी राख्ने उल्लेख छ ।’