१६ बैशाख २०८१, आईतवार
Follow Us

इंग्लिश प्रिमियर लिगमा आर्सनलसँग म्यान्चेस्टर सिटी स्तब्ध

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०८०, सोमबार ०६:४४

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ ।

आइतबार आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टिनेलीले निर्णायक गोल गरे । सब्सटीच्युट खेलाडी मार्टीनेलीले खेलको ८६ औं मिनेटमा एक गोल गर्दै आर्सनललाई विजयी गराएका हुन् ।

प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोकेको छ । खेलमा लिभरपुलका मोहोमद सालाहले दुई गोल गर्दा ब्राइटनका सिमोन अडिङ्ग्रा र लेविस डंकले एक एक गोल गरे ।

आइतबार राति वेष्ट ह्याम युनाइटेडले न्युकासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दा वुल्भरह्याम्पटन वान्डरर्स र एस्टन भिल्लाले १–१ गोलको बराबरीमा चित्त बुझाए । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ८ खेलबाट २० अंक जोडेको टोटनह्याम हट्सपर शिर्ष स्थानमा रहँदा समान २० अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

१८ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो तथा १७ अंक जोडेको लिभरपुल चौथो स्थानमा रहेको छ ।