११ बैशाख २०८२, बिहीबार
Follow Us

जसपा कोशी सरकारमा सहभागी नहुने

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०८०, मंगलवार १३:१०

काठमाडौँ । सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टी, नेपाल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारमा नेकपा एमाले तथा गठबन्धनलाई विभिन्न बहाना बनाएर अलमल्याइरहेका छन् । कोशीमा जसपाकी एकमात्र सांसद निर्मला लिम्बू छिन् । काँग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई गठबन्धनका सबै दलले विश्वासको मत भने दिएका थिए ।