१२ श्रावण २०८१, शनिबार
Follow Us

गायक चक्र बमसहितका ९ जना ४ दिन देखी प्रहरी थुनामा

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०८०, बुधबार ०५:१८

कैलाली । पछिल्लो समय युवा माझ चर्चा बटुलिरहेका गायक चक्र बम विगत चार दिनदेखि प्रहरी थुनामा रहेको खुलेको छ । मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले उनीसहित ९ जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट पक्राउ पर्नेहरूमा बमसहित शङ्कर आचार्य, इकु सुलेमान (सुलेमान शङ्कर), नरेन्द्र विष्ट, रोशन सिंह, साहिन मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी छन्।

जुवा खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता कुमोद ढुङ्गेलले बताए । पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको ढुङ्गेलले बताए।