१९ असार २०८१, मंगलवार
Follow Us

पश्चिम नेपालको भुइँचालोमा कम्तिमा ३५ जनाको मृत्यु (Update)

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०८०, शुक्रबार २०:३०

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ।

रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशेमा ७ जनाको मृत्यु भएको छ।

हामीलाई प्राप्त पछिल्लो विवरणअनुसार जाजरकोटको कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ। कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार कुशे–७ धनरासेमा घरहरू भत्किँदा सात जनाको मृत्यु भएको हो। घाइतेहरूको विवरण भने नआइसकेको उनले जानकारी दिए।