२० बैशाख २०८१, बिहीबार
Follow Us

क्रिकेट विश्वकप : पाकिस्तान सेमिफाइनलमा पुग्ला ?

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८०, शनिबार ०५:३७

काठमाडौं । जारी आइसीसी विश्वकप क्रिकेटमा लिग समुहका अन्तिम चरणका खेल हुदैछन् । अब लिग चरणका तीन खेल हुन बाँकी रहेका छन् ।

यसैबीच आज दुई खेल हुदैछ । आज पहिलो खेलमा अस्ट्रेलिया र बंगलादेशबीच खेल हुदैछ । यो खेल पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन को मैदानमा नेपाली समय अनुसार नेपाल इसम्य अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ र सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएकोले यस खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्ने छैन । तर बंगलादेशका लागि भने २०२५ को च्याम्पियन्स ट्रफीमा छनौटका लागि यो खेलको जित आवश्यक रहेको छ । अहिले बंगलादेश आठौ स्थानमा रहेको छ ।

त्यसैगरी आज अर्को खेलमा पाकिस्तानले इङल्याण्डको सामना गर्ने छ । कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि हुने छ ।

प्राविधिक रुपमा पाकिस्तानको सेमिफाइनल यात्राको सम्भावना भए पनि व्याबहारिक रुपमा भने सम्भव देखिदैन । पाकिस्तान सेमिफाइनलमा पुग्न इङल्याण्डलाई २८७ रन अन्तरले पराजित गर्नु पर्ने देखिन्छ भने इङल्याण्डले दिएको लक्ष्य बढीमा २२ बलमा चेज गर्नुपर्ने असम्भव अंक गणित रहेको छ । यसका लागि कुनै चमत्कार नै हुनुपर्ने देखिन्छ ।

त्यस्तै इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ भने हाल सातौं स्थानमा रहेकाले यो खेल हारेपनि च्याम्पियन्स ट्रफिमा स्थान बनाउने सम्भावना देखिएको छ ।