११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

भूकम्पका विषयमा जय नेपाल इन्टरनेशनल फाउण्डेशनले कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०८०, बुधबार ०२:०२

लण्डन । अमेरिकास्थित जय नेपाल इन्टरनेशनल फाउण्डेशनले भूकम्प पीडित सम्बन्धी कार्यक्रम गर्ने भएको छ ।

आगामी डिसेम्बर २ तारिक आइतबार बिहान ९बजे नेपालको समयमा जुम लिङ्कबाट गोष्ठीमा सहभागी हुन आह्वान गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष तथा परमाणु वैज्ञानिक डा यादव पण्डितले जानकारी दिए ।

ुलिभिङ विथ अर्थ कोएक्स इन नेपालु शीर्षकमा आयोजना गर्न लागिएको यो कार्यक्रम केही अनलाइन मिडियाले आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने छन् ।

कार्यक्रममा त्रिचन्द्र क्याम्पस, जिओलोजी बिभागका प्रमुख डा सुबोध ढकाल, बिजीसी इन्जिनियरि क्यानडाका अध्यक्ष डा केशव शर्मा, नाष्टका बैज्ञानिक डा शिव सुबेदी र यूनिभर्सिटी अफ नेभाडाका बैज्ञानिक डा सतिश मानन्धरको प्रस्तुति रहने छन् ।

कर्णाली प्रदेशका भौतिक योजना मन्त्री बेदराज सिंह, सीएसआई आरओ म्नुफ्याक्चरिन्गका डा राजु अधिकारी, नेपाल सरकारका पुर्व सहसचिव इन्जिनियर मुक्ति बहादुर कुँवर,सिनियर जियेटेक्निकल इन्जिनियर डा मन्दिप सुबेदी, अमृरीकन सेसाइटी अफ नेपाली इन्जिनियरका सल्लाहकार डा राजेन्द्र श्रेष्ठ प्यानलिष्टको रूपमा रहनु हुने कार्यक्रम छ ।

जय नेपाल इन्टरनेशनल फाउण्डेशनका संस्थापक अध्यक्ष तथा परमाणु वैज्ञानिक डा यादव पण्डितको अध्यक्षमा हुने कार्यक्रम डा निरज श्रेष्ठले सञ्चालन गर्नुहुने छ ।