१२ श्रावण २०८१, शनिबार
Follow Us

डडेलधुराबाट देउवालाई ओलीको फोन

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०८०, शुक्रबार ०६:५१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् ।

मेची-महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवासँग कुराकानी गरेका हुन् ।

देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सो क्रममा ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । उनले आफूहरू डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको बताउँछन् । ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका छन् ।

ओलीले ‘तपाईँको जिल्ला आएको बेला यसो सम्झेको नि ! भन्छन् । उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन् ।