१२ श्रावण २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचन : भेरोद्धारा अन्तराष्ट्रिय अदालतमा जना चुनौति (भिडियो)

नेपालब्रिटेन डट कम्
२० मंसिर २०८०, बुधबार ११:५२

लण्डन । गैरआवासीय नेपाली संघकोे गत अक्टोवरमा सम्पन्न निर्वाचनको जिम्मा लिएको अष्ट्रेलियन कम्पनी भेरोले निर्वाचन प्रकृयामा चित्त नबुझे अन्तराष्ट्रिय अदालनमा जान चुनौति दिएकोछ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता फडिन्द्र पन्तले बुधवार एक भिडियो मार्फत निर्वाचन परिणाम सुनाउने गर्नेक्रममा भएको सामान्य त्रुटीको बारेमा भेरो कम्पनीले भनाई सार्वजनिक गरेका छन् ।

गैरआवासीय नेपाली संघ र भेरोबीच भएको संवादमा भेरोले आफु निर्वाचन सम्बन्धी एक स्वतन्त्र संस्था भएको बताएको छ ।

सो कम्पनीले निर्वाचनमा कुनै पनि अनियमितता भेटिएमा जुनसुकै पनि अदालत जान तयार रहेको प्रष्ट पारेको हो ।