१४ असार २०८१, बिहीबार
Follow Us

यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०८०, शुक्रबार १४:१२

काठमाडौं । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५३ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुदै १५२ रन बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए । जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए । अब नेपालले समुह ए अन्तर्गतको अर्को खेल आइतबार अफगानिस्तानसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले भारतको सामना गर्ने छ ।