२४ भाद्र २०८३, बुधबार
Follow Us

चलचित्र ‘कन्ये केटो’ शर्मिला र आर्यन मुख्य भूमिकामा

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८३, बुधबार २१:४२

अभिनेता आर्यन सिग्देल नयाँ चलचित्र ‘कन्ये केटो’मार्फत दर्शकमाझ आउने भएका छन्। लेखक तथा निर्देशक भीम लामाले निर्माण गर्न लागेको चलचित्रमा आर्यन मुख्य कलाकारका रूपमा जोडिएका हुन्। सो चलचित्रमा शर्मिला राईको विशेष भूमिका रहनेछ ।

सक्सेस फिल्मस प्रा।लि।को ब्यानरमा बन्न लागेको चलचित्रमा आर्यन अनुबन्धित भएको जानकारी निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै दिएको हो। आर्यनको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप चर्चामा आएको छ।

‘कन्ये केटो’को लेखन तथा निर्देशन भीम लामाले गर्नेछन्। चलचित्रमा भीम लामा र सुखदेव राई निर्माता रहेका छन् भने श्री लामा र कमला राई सह–निर्माताका रूपमा रहनेछन्।

निर्माण पक्षले आर्यनले चलचित्रमा कस्तो भूमिका निर्वाह गर्नेछन् भन्ने विषयमा भने अहिले केही खुलाएको छैन। चलचित्रको कथावस्तुबारे पनि निर्माण पक्षले जानकारी सार्वजनिक गरेको छैन। त्यसैले आर्यनको भूमिका र चलचित्रको विषयवस्तुलाई लिएर दर्शकमाझ चासो बढेको छ।

आर्यन नेपाली चलचित्रका स्थापित अभिनेता हुन्। विभिन्न शैलीका चलचित्रमा अभिनय गर्दै आएका आर्यनको ‘कन्ये केटो’मा देखिने नयाँ अवतार कस्तो हुनेछ भन्ने विषय अहिले नै चर्चाको विषय बनेको छ।

निर्देशक भीम लामाले यसअघि स्वर्गीय अभिनेता प्रशान्त तामाङ, धिरेन शाक्य, करिष्मा मानन्धरलगायतका कलाकारलाई लिएर ‘लडाइँ पहिचानको’ चलचित्र निर्माण गरेका थिए। अब आर्यनसँगको सहकार्यमा उनले ‘कन्ये केटो’ ल्याउने तयारी गरेका छन्।

धेरै पढिएको