८ जेष्ठ २०८१, मंगलवार
Follow Us

एस्टन भिल्लासँग हार्‍यो आर्सनल

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८०, आईतवार ०६:१४

लन्डन । इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो। एस्टन भिल्लाको जितमा खेलको सातौं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

एस्टन भिल्ला यस सिजनमा जाइन्ट किलरको रुपमा अगाडी आएको छ। भिल्लाले टोटनह्याम र म्यानचेस्टर सिटीपछि आर्सनललाई पराजित गरेको छ। यो जितपछि एस्टन भिल्लाको १६ खेलमा ३५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।

साथै यो हारपछि आर्सनलले शिर्ष स्थानमा रहने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको दोस्रो हार हो। १६ खेलमा ३६ अंक रहेको आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा एक अंकले पछाडी रहेको छ।

बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित
म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। गएराति सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो। बोर्नमाउथको जितमा डोमिनिक सोलांके, फिलिप बिलिंग र मार्कोस सेन्सीले एक एक गोल गरेका थिए।

यो जितपछि बोर्नमाउथको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ । त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा सातौं हार हो। १६ खेलमा २७ अंक रहेको म्यानचेस्टर युनाइटेड हाल छैटौं स्थानमा रहेको छ।