१७ आश्विन २०८३, शनिबार
Follow Us

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८३, शनिबार १२:३३

काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए ।

स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व सभापति थिए । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन् ।

यसैबीच, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय क्रियाशील उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएका थिए ।

धेरै पढिएको