२२ बैशाख २०८१, शनिबार
Follow Us

जापानमा एनआरएनए केन्द्रीय पदाधिकारी सम्मानित

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०८०, सोमबार ०३:५०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय पदाधिकारीहरु जापानका सम्मानित भएका छन् । संघको गत अक्टोवरमा सम्पन्न ११ औं महाधिवेसनमा निर्वाचित आइसीसी पदाधिकारीहरुलाई एनआरएनए नागोया क्षेत्रीय समितिले स्वागत गरेको हो ।

नागोया क्षेत्रिय समितिका संयोजक भेषराज गौतमको सभातित्वमा आइतवार सम्पन्न कार्यक्रममा गैरआवसीय नेपाली संघ निर्वाचनमा जापानबाट प्रतिनिधित्व गर्ने नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सम्मानित भएका हुन् ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष सुदन थापाले कार्यक्रम आयोजक क्षेत्रीय समितिप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।