काठमाडौँ । बलिउड स्टार सञ्जय दत्त क्यासिनो उद्घाटन गर्न काठमाडौँमा आइपुगेका छन् ।
दत्त केशरमहलस्थित होटेल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् । उनले आजै राति क्यासिनो उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दत्त शुक्रबार बिहान ११:४५ मा भारत फर्किने छन् । क्यासिनो उद्घाटनका लागि आएका दत्तले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई समेत भेटेका छन् ।
उनले बिहीबार बेलुकी दाहाललाई भेटेको उनको सचिवालयले जनाएको छ ।