१२ श्रावण २०८१, शनिबार
Follow Us

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
३ पुष २०८०, मंगलवार ०६:१३

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा आसन्न माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलगायत थप अन्य विषयमा पनि छलफल हुनेछ ।

सापकोटाले भने, ‘राष्ट्रियसभा निर्वाचन र आगामी रणनीतिबारे बैठकमा छलफल हुँदैछ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ ।’

यसका साथै पार्टीको केन्द्रीय समिति बैठकले विधान सम्मेलनको मिति पनि तय गर्ने उनले बताए ।