१२ श्रावण २०८१, शनिबार
Follow Us

युवा वैज्ञानिक मार्सल रोकाले बलात्कार मुद्दामा गरे आत्मसमर्पण

नेपालब्रिटेन संवाददाता
१० पुष २०८०, मंगलवार १३:२०

काठमाडौं । युवा वैज्ञानिक मार्सल रोकाले उच्च अदालतको आदेशपछि अदालतसामु आत्मसमर्पण गरेका छन् । धरौटीमा छुटेका बलात्कार मुद्दाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकालाई उच्च अदालत दाङले थुनामा राखी कारबाही गर्न आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले मार्सलले अदालतमा सीधै आत्मसमर्पण गरेको जनाएको छ । उच्च अदालतको आदेशपछि प्रहरीले उनीविरुद्ध खोजी कार्य तीव्र पारेको थियो । प्रहरीले खोजी गरिरहेकै वेला उनले अदालतमा आत्मसमर्पण गरेको र प्रहरीले अदालतबाट उनलाई कारागार बुझाएको छ ।

बलात्कार मुद्दामा पीडित महिलाले जिल्लाको आदेशमा चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । जिल्ला अदालत घोराहीले मार्सलविरुद्धको बलात्कार मुद्दामा दाङ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरले थुनेर कारबाही गर्न आदेश गरेको हो ।