१२ श्रावण २०८१, शनिबार
Follow Us

गठबन्धन झनै बलियो भएको छ, पाँचै वर्ष जान्छ: प्रधानमन्त्री प्रचण्ड

नेपालब्रिटेन संवाददाता
११ पुष २०८०, बुधबार १३:१२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन झनै बलियो भएको दाबी गरेका छन । आज (बुधबार) गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले गठबन्धन पाँचै वर्ष जाने पनि बताए । उनले भने, ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’ उनले गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको पनि बताएका छन ।

उनले भने, ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन । ’ प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एक वर्षमै केही रेकर्डहरु बन्नेगरी काम गरेको बताएका छन । तर व्यवस्था विरोधीहरुले सरकारले गरेको काम मन नपाएको पनि बताएका छन ।