८ असार २०८१, शुक्रबार
Follow Us

निस्कृय पत्रकारलाई स्वेच्छिक रूपमा सदस्यता त्याग्न नेपाल पत्रकार महासंघ यूकेको आग्रह

नेपालब्रिटेन डट कम्
२३ पुष २०८०, सोमबार १३:२०

लण्डन । नेपाल पत्रकार महासंघ यूकेले ‘सदस्यता शुद्धीकरण‘ अभियान सुरु गरेको छ ।

नेपाल पत्रकार महासंघको २०७९ पुस ८ र ९ गते कर्णीली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा ‘सदस्यता शुद्धीकरण समितिद्वारा निम्नअनुसार गर्ने निर्णय गरेअनुसार महासंघको बेलायत शाखामा रहेका निस्कृय पत्रकारहरुलाई निस्कृय पत्रकारलाई स्वेच्छिक रूपमा सदस्यता त्याग गर्न आग्रह गरिएको शाखाका महासचिव नरेन्द्र बस्नेतद्धारा सोमवार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शाखाको छौंठौ महाधिवेन आउन ६ महिना भन्दा कम समय रहेको बेला सो शुद्धीकरण अभियान संचालन गरिएको हो ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघको २०७९ पुस ८ र ९ गते कर्णीली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा ‘सदस्यता शुद्धीकरण समितिद्वारा निम्नअनुसार गर्ने निर्णय गरेअनुसार महासंघको बेलायत शाखामाआवद्ध सबैमा अपिल गरिएको छ ।

शाखाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठित सदस्यता शुद्धीकरण समितिले साधारणसभाबाट प्राप्त कार्यादेशबमोजिम कार्य अगाडि बढाएको हो ।

समितिको बैठकहरूबाट ‘सदस्यता शुद्धीकरण अभियान २०७९’ थालनी गर्ने निर्णय भएबमोजिम महासंघका सम्पूर्ण सदस्यहरू र सबै शाखाहरूलगायत वैदेशिक शाखाहरूलाई शुद्धीकरण अभियानमा साथ दिन आह्वान गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको हुँदा पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपील गरिन्छ।’

विज्ञप्तिमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग नगरेमा केन्द्रले तयार पारेको सदस्यता शुद्धीकरण मापदण्डअनुसार आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने र त्यसक्रममा बिभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेकाहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेको नपाइए प्रकृयागत रूपमै केन्द्रको मापदण्डअनुसार सदस्यताको सूचीबाट हटाइनेतर्फ सचेत गराइएको छ ।

शाखाको आगामी महाधिवेशनले नयां नेतृत्वको समेत चयन गर्ने छ । अध्यक्ष पदको लागि वर्तमान बरिष्ठउपाध्यक्ष दिनेश परियार, श्याम लुईटेल, विपिन निरौला, प्रमिला लाबुङ र विमला सेनेको नाम चर्चामा छ । शाखामा ४२ जना सदस्य रहेका छन् ती मध्ये अधिकांस पत्रकारितामा निस्कृय रहेका कारणले शाखाले शुद्धीकरण अभियान सुरु गरेको हो ।