२७ असार २०८२, शुक्रबार
Follow Us

केदार कार्कीको सम्पत्ति: मन्त्री हुँदाभन्दा मुख्यमन्त्री हुँदा जग्गा घट्यो

नेपालब्रिटेन संवाददाता
४ माघ २०८०, बिहीबार १३:०९

काठमाडौं । कांग्रेसको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले दुई वर्षको अन्तरमा आफ्नो सम्पति घटेको विवरण सार्वजनिक गरेका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए ।

मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेश गरेका छन् । आज बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पति विवरणमा बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उनले उल्लेख गरेका छन । विराटनगरमा पनि तीन वटा घडेरी र एक खेती रहेको उल्लेख छ ।

विराटनगर ७ मा तीन वटा घडेरी देखाएका कार्कीले वडा–७ मै एक बिघा दुई कट्ठा जग्गा देखाएका छन् । मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको उल्लेख गरेका छन ।

कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गरेका छन् । उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् ।

उनकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत रहेकी छन । कार्कीले बूढीगंगा–२ ‘क’मा पौने ९ धुर, बूढीगंगा–२ ‘क’मै सवा ११ धुर र बूढीगंगा–८ ‘ख’मा ३ कट्ठा जग्गा छ । बूढीगंगाको जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गरेका छन् । उनकी पत्नीको नाममा विराटनगरका ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ ।

विराटनगरभित्र कित्ता नम्बर ४० को २५० वर्गमिटर, कित्ता नम्बर ३० को ८८६.२५ र कित्ता नम्बर २४ को ४२६.२५ वर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ ।

धेरै पढिएको