४ भाद्र २०८२, बुधबार
Follow Us

इरान र जापान एसिया कपको क्वाटरफाइनलमा

नेपालब्रिटेन संवाददाता
१८ माघ २०८०, बिहीबार ०६:४७

तेहरान । इरान र जापान एसिया कपको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार राति सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले र सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै बहराइनका लागि जिओन सुजुकीले एक गोल आत्मघाती गोल गरेका थिए । यो जितसँगै जापान क्वाटरफाइनलमा पुगेको छ र अब इरान र सिरियाबीचको विजेतासँग  खेल्ने छ । त्यस्तै यो हारसँगै बहराइन प्रतियोगिताबाट बाहिरिएको छ ।

यता, इरान र सिरियाबीच निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी गरेपछि यो खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा थप कुनै गोल नभएपछि खेल बराबरी भयो र खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो। पेनाल्टी सुटआउटमा इरानले ५-३ ले खेल जितेको थियो।

यस खेलमा खेलको ९१औ मिनेटमा इरानका मेहदी तारेमीले रातो कार्ड पाएका थिए। अब जितपछि क्वाटरफाइनलमा इरानले जापानको सामना गर्ने छ। त्यस्तै यो हारपछि सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।

धेरै पढिएको