१२ श्रावण २०८१, शनिबार
Follow Us

स्कटल्याण्डमा आगलागीमा परी नेपाली दिदीबहिनीको निधन

नेपालब्रिटेन डट कम्
१८ माघ २०८०, बिहीबार २०:०५

लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडीनमा सोमबार भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ ।

सोमबार साँझ करिब ६ बजे ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको घटनास्थलमै निधन भएको हो ।

स्थानीय एबरडीन लाइभका अनुसार शिक्षाको उमेर २४ वर्ष रहेको छ भने आँचल पनि २० वर्षकै हाराहारीमा भएको बताइएको छ ।
सो आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको बताइएको छ ।

सुवेदी दिदीबहिनी डा यज्ञ सुवेदीको छोरीहरु हुन् ।डा सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।
घटनाको बारेमा स्कटल्याण्ड प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीले सोमबार साँझ करिब ६ बजे आगलागीका बारेमा जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको बताएको छ । राति करिब ९ बजे आकस्मिक सेवा त्यहाँबाट फर्किएको बताइएको छ । वीनेपालीका अनुसार आगलागी सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनीको फ्लाटबाट शुरु भएको बताइएको छ ।