२२ भाद्र २०८२, आईतवार
Follow Us

पूर्वपत्नीको बलात्कार उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर कारागार चलान

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०८२, आईतवार १०:५१

काठमाडौं । पूर्वपत्नीको बलात्कार उजुरीमा पक्राउ परेका नेपाल प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङ कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदातलका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश जारी गरेको हो । त्यसपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् ।

उनविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो । इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए ।

पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो ।

धेरै पढिएको