काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको तर्क गरेका छन ।
सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीले यस्तो तर्क गरेका हुन ।
प्रधानमन्त्री ओलीले कसैले विधि, कानुन उल्लघंन गर्न नपाउने टिप्पणी गरेका हुन् । गत (शुक्रबार) देखि ललितपुरको गादावरीस्थित सनराइजहलमा जारी एमालेको दोस्रो विधान महाधिवेशन टुंग्याउनेक्रममा ओलीले यस्तो तर्क गरेका हुन । उनले नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत, अनि विधि कानुनबारे स्पष्ट छ भन्ने अपेक्षा आफूले राखेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ । देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु ।’ साथै उनले आफू बन्द–हड्ताल वा प्रतिबन्धको पक्षधर नभएको दाबी गर्दै सामाजिक सञ्जाल बन्द गराइएको सन्दर्भको बचाउ गरे ।उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको उद्देश्य नरहेको तर्क गर्दै दर्ताका लागि आह्वान मात्रै गरिएको बताए ।
सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहितका २६ सामाजिक सञ्जालमाथिको पहुँच रोक्न सेवा प्रदायकहरूलाई निर्देशन दिएपछि आलोचना भइरहेको छ ।