१६ बैशाख २०८१, आईतवार
Follow Us

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल र एनआरएनए अध्यक्ष डा. केसीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
१९ माघ २०८०, शुक्रबार ०४:१८

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबीच विहिवार भेटवार्ता भएको छ ।
काठमाण्डौंस्थित महासंघको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवनाको बारेमा छलफल भएको हो ।

भेटमा अध्यक्ष डा. केसीले नेपालमा लगानी भित्राउन तथा रोजगारी सृजनाको लागि संघले प्रयास गरिरहेको जानकारी दिनुभयो । भेटमा गैरआवासीय नेपालीहरुको लगानीमा संचालन भैरहेका परियोजनाको बारेमा समेत छलफल भएको थियो ।

अध्यक्ष ढकालले महासंघले विदेशमा बस्ने नेपालीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । ढकालले नेपाल लगानीको लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको भन्दै लगानीको लागि आग्रह गरे ।
भेटमा गैरआवासीय नेपाली संघकी सचिव टिका गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष जोस्ना श्रेष्ठको उपस्थिति थियो । गुरुङले नेपालमा यसै वर्ष आयोजना हुने एनआरएनए अन्तराष्ट्रिय महिला सम्मेलनको बारेमा जानकारी दिएकी थिइन् ।