३ असार २०८२, मंगलवार
Follow Us

शंकर भण्डारीको नेतृत्वमा कांग्रेस सदस्यहरूले ‘हिन्दु राष्ट्र महाअभियान’ घोषणा गर्ने

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०८०, शनिबार ०२:०३

काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो।

अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ।