२४ असार २०८२, मंगलवार
Follow Us

ट्रिपरको ठक्करबाट जिपमा सवार तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०८०, शुक्रबार ०६:३८

काठमाडौँ । मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ट्रिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२-००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बोलेरोमा सवार सोही ठाउँका हरि खनाल र गायत्री भट्टराई सिकिस्त घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले प्रहरीले ट्रिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

धेरै पढिएको