२७ बैशाख २०८१, बिहीबार
Follow Us

चितवनमा देउवा र नेपालसँग ओलीले मिलाएनन् हात

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०८०, शुक्रबार १४:२९

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन चितवनको भरतपुर पुगेका छन् । केहीबेर अघिमात्र ओली भरतपुर पुग्दा कार्यक्रम सुरु भैसकेका थियो ।

नारायणी नदी किनारमा जारी कार्यक्रममा ओली पुग्दा कार्यक्रम जारी थियो । ओली सरासर मञ्चमा गय । अध्यक्ष ओलीले मञ्चमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुरुमै हात मिलाए तर सँगै रहेका पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माधवकुमार नेपालसँग ओलीले हात मिलाएनन् ।

बरु मञ्चको अर्को छेउमा रहेका एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालसँग भने ओलीले हात लम्काएर मिलाएका थिए । चितवनमा देखिएको यो दृश्यले पनि अहिले राजनीतिमा चलेको चर्चालाई थप मलजल गर्ने त होइन भन्ने बहस सुरु भएको छ ।