१६ बैशाख २०८१, आईतवार
Follow Us

बाँसबारीको जग्गाबारे मालपोतले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०८०, शुक्रबार १४:३२

काठमाडौँ । सर्वोच्च अदालतले मालपोत कार्यालयले गरेको निर्णयको फाइल झिकाउन आदेशको दिएको छ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन कार्यालयले गरेको निर्णय अदालतले मागेको हो ।

अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.को नाममा रहेको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले मालपोतको फाइल झिकाउने आदेश दिएको हो ।

सीआईबीले १८ फागुनमा च्याम्पियन फुटवेयर प्रा.लि.का सञ्चालक एवं शेयर धनी अरुणकुमार चौधरी, सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । तर, अदालतले दोस्रो पटक म्याद लिन जाँदा तीन दिनभित्र हाजिरी जमानीमा छाड्नू वा मुद्दा बुझाउनुपर्ने आदेश दिएपछि उनीहरू छुटेका थिए ।

यसपछि गृह प्रशासनले हडपिएको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया थालेको थियो ।