१५ बैशाख २०८१, शनिबार
Follow Us

युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०८०, आईतवार १३:४१

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आइतबार अपराह्न बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभापति देउवाको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले फागुन २९ गते हुने निर्वाचनका लागि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपनि नयाँ उम्मेदवार खडा गरिएको बताइएको छ ।

सिटौलालाई भने सभापति शेरबहादुर देउवाले कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरेका छन् । ७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन् । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ ।