२७ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले लुम्बिनीका ८६ हजार पार्टी सदस्यको परीक्षा लिइने

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८०, शुक्रबार ०७:१४

रूपन्देही । नेकपा (एमाले) लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकैपटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई वैचारिक हिसावले सदृढ वनाउन, नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम थालिएको हो ।

यहीँ चैत ५ गते हुने यस्तो परीक्षाका लागि सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ । निस्कृय सदस्यलाई कृयाशील र जवाफदेही बनाउन यो कार्यक्रम प्रभावकारी हुने भएपनि पहिलोपटक अनुत्तीर्णलाई पुनः अवसर दिइने सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन ।

प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिने छ । यसमा प्रदेशभरका ८६ हजार २ सय ६० जना नेतारकार्यकर्ताहरू सहभागी हुनेछन् । अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराइन ।

‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ, लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं’ उनले भनिन् ।

पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाइने छ ।

जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ । प्रचार विभाग प्रमुख डी.आर. घिमिरेका अनुसार अहिले १२ मध्ये रोल्पा जिल्ला अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुनेछ ।