२४ असार २०८१, आईतवार
Follow Us

सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री एउटै हुन् कि होइनन् : महामन्त्री गगन

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०८१, मंगलवार १३:५१

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक भएको बताएका छन् ।

उनले सहकारीमा ठग्ने रवि लामिछाने र गृहमन्त्री एउटै हुन् कि होइनन् ? जाँच्ने क्षमता प्रहरीले आफूसँग नभएको दर्ता मुद्दाबाट जानकारी भएको बताएका छन । आज मंगलबार संवाद यात्राका क्रममा कञ्चनपुरमा आयोजीत कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले भने ‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्‍यो कि परेन ?’

उनले कांग्रेसले माग गरिरहेको छानबिन समिति आवश्यक रहेको सरकारी वकिलकहाँ दर्ता भएको मुद्धाले प्रमाणित भएको पनि बताएका छन । उनले भने, ‘प्रहरीले सरकारी वकिल कहाँ मुद्धा दर्ता गर्‍यो । मुद्धा दर्ता गर्दैगर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो, ‘प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगि गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन ।’

कानुनको शासनको मुख्य कुरा भनेको एउटा सर्वसाधारणले कुनै कुरा गर्दा गल्ति र अपराध मानेर दण्ड पाउँछ भने शक्तिशालीले पनि त्यो कुरा गर्दा गल्ति नै हुन्छ ।

सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने उनले बताए । सजायको पुरानाले पाउने र नयाँले नपाउने भन्ने नहुने थापाले बताए । ‘आफ्नै पार्टीको होस्, अरु पार्टीको होस्, यो पार्टीको होस् त्यो पाटी भन्दैनौं ।’