७ असार २०८१, बिहीबार
Follow Us

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८१, शनिबार ०६:३८

काठमाडौँ । नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले २७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत पाए ।

यसैगरी उपाध्यक्षमा शंकर पाण्डे १०८ मतान्तरले विजयी भएका छन् । शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत पाएका छन् । सचिवमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गरेका छन् ।

उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ सुशीला दर्लामीले ३३२ मत ल्याई निर्वाचित भएका छन् ।