२८ जेष्ठ २०८१, सोमबार
Follow Us

अपांगता भएका व्यक्तिको माग पूरा गर्न काँग्रेसको आग्रह

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८१, बुधबार १३:५८

काठमाडौँ । नेपाली काँग्रेसले पूर्णअशक्त अपांगता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई हप्तादेखि भइरहेको अनसनका माग सम्बोधन र प्रहरीबाट भएको धरपकड रोक्न आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गर्दा संयोजक विकास थापालगायत करिब दुई दर्जन अपांगता भएका व्यक्ति पक्राउ परेका उल्लेख गर्दै त्यसमा पार्टीको प्रहरीलाई आन्दोलनको सम्मान गर्न नेपाली काँग्रेस आग्रह गर्दछ । विगत केही महिनाअघि भण्डारीसहित अपांगता भएका व्यक्तिले गरेको आन्दोलनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवासम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत दुई हप्तादेखि पुनः अनशनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।