३० जेष्ठ २०८१, बुधबार
Follow Us

एभरेष्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना सर्वसम्मत

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०८१, बिहीबार १०:३२

बेल्जियम । एभरेष्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना चयन भएका छन् ।

संस्थाको बुधवार सम्पन्न छैटौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा पुनम शर्मा, उपाध्यक्षहरुमा विष्णु सुवेदी, प्रल्हाद थापा, महासचिबमा दौलत साम्बा, कोषाध्यक्षमा ज्योति घिसिङ, सचिबमा नारायण तिमल्सिना, युवा संयोजकमा दिपेश घिमिरे सर्वसम्मत भएका छन् ।

यस्तै, प्रवक्तामा सन्तोष न्यौपाने र सदस्यहरुमा, सावित्री कंडेल, गीता सिखडा, संजिब अर्याल र सिता सुनार रहेका छन् ।

संस्थाको प्रमुख सल्लाहकारमा सावित्रा गिरी, सल्लाकारमा मनकाजी गुरुङ चयन भए ।