१४ असार २०८१, बिहीबार
Follow Us

बजेटमा विश्वसनीयता भएन: गगन थापा

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८१, बुधबार १३:३८

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका छन् ।

उनले जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।

उनले बजेटमा लिइएको लक्ष्य पुरा हुन नसक्ने बताउदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । उनले बैदेशिक सहायता ५२ अर्ब आउछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।