१४ असार २०८१, बिहीबार
Follow Us

विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आठौँ पटक प्रतिस्पर्धा गर्दै

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०८१, आईतवार ०५:३५

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् ।

समूह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।

यी दुई टोलीको खेललाई विश्वकपमा ठुलो प्रतिस्पर्धी खेलका रुपमा हेरिएको छ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ भने, पाकिस्तानले आफ्नो पहिलो खेल गुमायो । पाकिस्तानले अमेरिकासँग हार बेहोरेको छ । यी दुवै टोलीले आफ्नो दोस्रो खेल आज खेल्दै छन् ।

टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।