१५ असार २०८१, शुक्रबार
Follow Us

एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ : जीवा लामिछाने (भिडियो)

नेपालब्रिटेन डट कम्
१२ असार २०८१, मंगलवार २१:२१

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय अभियान थप शक्तिसाली बन्नु पर्नेमा जोड दिएका छन् ।

नेपाललाई मद्दत गरेको पुरानो इतिहास रहेको रुसले अहिले पनि नेपाललाई धेरै मदत गर्नसक्ने लामिछानेले बताए। गैरआवासीय नेपालीहरुको अभियान अहिले ओइलाउँदै गएको अवस्थामा उक्त अभियानका एक नाइके लामिछानेले दुखमनाउ पनि गरे। ‘नेपालीहरु विश्वभरि फैलिँदै गएका छन्, एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ,’ उनले भने।

नेपाली पासपोर्ट बोकेर हिँड्दा कतिपय स्थानमा असहजता व्यहोर्नु परेको स्मरण पनि लामिछानेले गरे। नेपालीहरु छोटो समयमै धेरै देशमा फैलिएको उल्लेख गर्दै लामिछानेले सामूहिक रुपमा काम गर्न एनआरएन अभियान सुरु गरेको बताए। ८६ देशमा राष्ट्रिय समितिहरु बनेको एनआरएन अभियान राजनीतिले कमजोर बनाएको उनले बताए। ‘राजनीति घुसेर एनआरएन विचलित भएकाले म दुखी छु,’ उनले भने। एनआरएनलाई कुनै राजनीतिक समूह नभएर अराजनीतिक संगठन बनाउनुपर्ने लामिछानेले बताए।

नेपाल सरकारको छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न १९८६ मा सोभियत संघ पुगेका लामिछाने तत्कालीन समयमा दक्ष जनशक्ति उत्पादनमा रसियाले धेरै योगदान पुर्‍याएको स्मरण गर्छन्। सोभियत संघ छिन्नभिन्न भएको बेला रसियामा एकप्रकारको गुण्डाराज भएको पनि स्मरण गर्छन् लामिछाने।

मिखाइल गोर्भाचोभको शासनकालमा इन्जिनियर बन्न सोभियत संघ पुगेका लामिछाने ‘एक्सिडेन्टल्ली व्यवसायी बनेको’ बताउँछन्। १ सय ३० देशभन्दा बढी देशमा घुमिसकेका लामिछानेले नियात्राका दुई किताब पनि निकालेका छन्।

यायावर शैलीमा घुम्न रुचाउने लामिछानेलाई रसियाले नै घुम्न सिकाएको थियो। २८ वर्ष उनी रुसमा बसेका लामिछानेको अहिलेको व्यवसायिक केन्द्र जर्मनी हो। नेपाल र जर्मनीमा उनी बराबर बसोबास गर्छन् भने विश्वभरि घुमघाम गरिरहन्छन्।

रुसी साहित्य र रुसी जातिसँगको आफ्नो अनुभव पनि लामिछानेले सेयर गरे देशसञ्चार चौतारीका क्रममा, दोस्तोभस्कीको एउटा सालिक जर्मनीको क्यासिनोअगाडि भएको रोचक सम्झना पनि उनले गरे। जुवाडे दोस्तोभस्की क्यासिनो खेल्न जर्मनी आउने र सबै पैसा रित्याउने कथा पनि लामिछानेले सुनाए।

युक्रेन युद्धमा नेपाल रुसबिरुद्ध उभिएको प्रसंगबारे पनि लामिछानेले आफ्ना भनाइ राखे अन्तर्क्रियाका क्रममा। रुसबाट नेपालले अहिले पनि धेरै लिनसक्ने भएकाले उसलाई मित्रवत् व्यवहार गरेरै अघि बढ्नु उपयोगी हुने लामिछानेले बताए।

राजा महेन्द्रले तत्कालीन सोभियत संघ सरकारबाट धेरै सहयोग लिएको उल्लेख गर्दै लामिछानेले उनको कूटनीतिको प्रसंशासमेत गरे। ‘महेन्द्रका कतिपय नीति उपयोगी नहोलान् तर उनको कूटनीति अहिलेसम्म पनि सम्झनालायक छ,’ उनले भने।

ने