१८ असार २०८१, सोमबार
Follow Us

पद्मश्री साहित्य पुरस्कारकोे लागि १५ पुस्तक छानिए, कुन कुन कृति परे ?

नेपालब्रिटेन डट कम्
१६ असार २०८१, शनिबार ०९:३९

लण्डन । पद्मश्री साहित्य पुरस्कार-२०८०का लागि विस्तारित सूची सार्वजनिक भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पहिलो चरणमा १५ पुस्तकलाई लङलिस्टका रूपमा सार्वजनिक गरेको हो । चयन समितिले १५ पुस्तकमध्येबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

वि.सं. २०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तक प्राप्त भएको आधारमा विस्तारित सूची चयन गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

गत वर्ष ‘मनु’ उपन्यासका लागि देवीप्रसाद सुवेदीलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानले २०६३ सालदेखि निर्णायक मण्डलको छनोटका आधारमा साहित्यिक पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष लामो समयदेखि समाजमा योगदान पुर्‍याएका व्यक्तित्वलाई पद्मश्री गौरव र कला क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकालाई पद्मश्री साधना पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यिक पुरस्कार, पद्मश्री गौरव र पद्मश्री साधना गरी तीनवटै पुरस्कारको राशि तीन–तीन लाख रुपैयाँ रहेको छ ।